मिलनको आभास दिलाएर हुरिमा दियो बालिदिने ओ अप्रिय मान्छे

92
SHARES
161
VIEWS

मणि भुसाल ,बुटवल– सात समुन्द्र पर तिम्रो सहरमा बिरलै झुल्कने सन्ध्याकालिन ईन्द्रेणिहरु झैं जब बिस्तारै समयको कुईनेटा संगै सिमित हुन्छु ,तब खहरेको भेलसंगै पत्थर मन बोकेर टुक्रदां टुक्रदैं छिन्नभिन्न भयं भने समाल्न सक्छयौ आंफुलाई  सागर रुपि विशाल तिम्रो जिवनमा समाहित नहुंदै बगर किनारमा अल्झिएं भने बिन्ति त्यो मन्दिर को सिंढिलाई टेक्दा कहिल्यै नरुनु तिमि। तिम्रा लागि त आंशुहरु को त्रिशुलि बगाएर यौटा जंघार तरिसकेको छु मैले। कसरी सम्झाउन सक्छु र अन्योलमा परेको यो मनलाई। कलमका मसिहरुलाई जसरि कापिका सेता पानाहरु मा पोख्न सहज हुन्छ नि त्यो भन्दा दोब्बर गार्हो हुन्छ प्रिय मनका भावना हरुलाई शब्दमा पोख्न। अनि मनमा उब्जेका तिप्तहरुलाई नि(स्वार्थ भाव मा ब्यक्त गर्न। एकपटक आफ्ना जिवनका सबै सबै जितहरु लाई हार सम्झेर मेरो ठाउंमा उभिन सक्यौ भने मात्रै पनि मेरो मनमा रोमलिएका चोटहरुले निकास पाउने थिय। अनि बास्तविकतामा तिमी अझै पुरानो यादहरुको सहारा मा अल्झेको महसुस गर्न मात्रै सक्यौ भने मेरा मनका कठोर यातना हरुले अवकाश पाऊने थिय।

मिलनको आभास गराएर हुरिमा दियो बालिदिने ओ अप्रिय मान्छे तिमि प्रति जाग्ने मेरा त्यि भावना हरुलाई पोको पारेर माहासागर मा बिसर्जन गर्दै छु। ताकि बेला बेला तड्पेको मुटुले तिम्रा यादहरुलाई तिजाञ्जलि दिईराख्नु नपरोस। नपाईने कुरामा कति आफ्नो जिज्दगि बरबाद गरौं अब  बेला बेला तिम्रा रसबरि जस्ता ओंठहरुले गिज्याईरहन्छन मलाई अनि तिम्रा नयनका गाजलहरुले छिन्नभिन्न पारिदिन्छन मेरो स्वरुप लाई। अलेक्जेण्डर द ग्रेट का भनाई मलाई आफ्नै लागि भनियझैं लाग्छ। प्रेम पनि एकप्रकार को भुत नै रहेछ। यस्को बारेमा सबै सबै ले कुरा गर्छन ,तर दर्शन कमैले मात्र पाऊंछन।

प्रेम गर्दैमा कसैले कसैलाई पाऊनै पर्छ भन्ने पनि त छैन नि हैन र मिराले श्रिकृष्ण लाई प्रेम गर्दैमा श्रिकृष्ण को प्रेम कहाँ पाईन र  भगवान हरुले त प्रेमलाई चुकाऊन सकेनन भने म नाथे त मनुष्य हुं। तिम्रो बोलिले मलाई स्विकार गर्यो तर हृदयले कदापि स्विकार गर्नै सकेन ,समग्रमा म तिम्रो हृदयमा अटाउनै सकिन। र पनि तिम्रो हृदयमा संधै तिम्रो अतीत बसिनै राखेको भान हुन्छ मलाइ घरिघरि। आकाश मा उडेको पंक्षि ले पनि मायां को साथ पायो भने सांझ आफ्नो बासस्थान मा फर्किनै बिर्सन्छ रे। मैले पनि तिम्रो मायांको आशामा मेरो जिन्दगि नै बिर्सिदिएको भए  अपुरा त्यि घर परिवार का सबै सपना हरु बिर्सिदिएको भए  अनि छोरा को आसै आसमा खिईएका साठ्ठि बर्षे बाबू को रहर बिर्सिदिएको भए  यी सबै सबै अप्ठ्यारा हरुलाई मिंयो बनायर लत्याएकि थियौ त्यो पबित्र प्रेम लाई। त्यसैले त आज हेर्दिन भन्दा भन्द‌ै हेर्न बिवश छु बर्षायाम मा कालो बादल मडारियर झरेको मुसलधारे पानी जसरि हरिणको गतिमा ओरालि लागेका तिम्रा आंशुहरुलाई। कसरी मेटुं शिला लेखिए झैं छापिएका तिम्रा निर्दयि यादहरु लाई। कसरी जोड्न सक्छु र खै अब अन्धकार रात मा छरिएका त्यि प्रतिबिम्ब हरुलाई। किन पोल्दैन तिमिलाई मेरो जलेको हृदयको ज्वालामुखि ले  अनि किन जित्दैन तिम्रो शरिरको गन्धलाई मैले उडाएको चुरोटको गन्धले  मायां को सगरमाथा बाट पिडाको ज्वाला मा लत्याएर एकाएक उत्सब मनाऊने कति निर्दयि तिमी। हरेक रात तिम्रा यादहरु मा मर्नु को पीडा झेल्न निकै कठोर यातना सामना गरिरहेको छ यो मन।

मलाई रुखमा चढाएर फेद काटिदिने ओ अप्रिय मान्छे परेलि मुन्तिरको मेरो निन्द्रा र सिरानि मुन्तिर का तिम्रा सपना संधै संगै भयको भए  अनि समयका गोरुहरुलाई फालि लागेका बेला पनि मैले तिम्रो भबिस्य रोप्नका लागि आकाशभरि न‌ै मल छरिदिएको कुरा तिमिले बुझेको भए  आज एउटै खोलिका दुई किनारा हुनु पर्दैन्थ्यो होला सायद। तर डराएको मन ले लगाएको पिरतिमा पिर मात्र बाकिं रहदों रहेछ। त्यसैले त मेरो जिन्दगिको मोललाई सिटामोल को अभाव संग बिक्रि गराईदियौ। कुनै बेला म तिम्रो काखमा बसेर मायांको सुगन्ध सुंघ्थे ,तर अहिले म हररात तिमिले छाडेर गएका यादहरुको बास्ना सुंघ्छु। बिर्सियर सबै पुराना बाटो हरु र नयांबाटो पनि कहाँ पुग्ने भन्ने बिर्सियर तिमिसंग दुई पाईला जति संगै हिंडौ न त भन्दै गर्दा बाटो भरि देख्छु बाटो बिर्सिएर अल्मल्ल परेका म जस्तै सिऊंदो नभेटेका फिका सिन्दुरहरु। अब त हाम्रो प्रेम दोहोरो बाट एकोहोरो भईसकेको छ।

अब सबै भुलेर अगाडि बढ्नुपर्छ भन्ने थाहा हुंदा हुँदै पनि किन म अगाडि बढ्न सकिरहेको छैन बढ्नुपर्छ भन्ने थाहा छ ,कहिले काहीँ बिर्सन्छु पनि ,तर उ घाउ झैं बल्झिरहन्छ्यौ तिमि। तिमी आंफैले जोडेका मायां का पखेटाहरु तिमी आंफैले काटिदियौ ओ  अप्रिय मान्छे ,कसरी आयो त्यति कठोरता तिमिमा समयले अनगिन्ति घाउ दिएर जान्छ ,फरक यत्ति हो कुनै घाउको मलम हुने रहेछ त कुनै घाउको सहने चलन हुने रहेछ। घाउ मैले आंफैले बनायं र बेला बेला बल्झाईरहें। कोहि सोधोस मलाई ,संसारमा सभैभन्दा धेरै गाह्रो के गर्न  जवाफ म दिन्थें होला, उस्लाई बिर्सन जति गाह्रो केही रहेन्छ। उस्ले मलाई कहिल्यै प्रेम गरिन, गरेपनि संधै अभावमा गरि जबकि मैलै उस्लाई संधै भावमा प्रेम गर्थें। उस्ले अरु कसैलाई मर्ने हदसम्म को प्रेम गरेको थाहा पाएपछि नै उस्का यादहरु ले मुटु मा ब्लेड ले जसरि चिर्न थालेका छन अचेल। ओ अप्रिय मान्छे तिम्रो कोमल छाति र मेरा कलिला गाला संधै संगै भएको भए।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!