हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रका संरचना हटाउन सुरु

6
SHARES
81
VIEWS

राधा पाण्डे,कपिलवस्तु ३ साउन-हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना शनिबारदेखि हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसिमा सकिएपछि शनिवारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

जमुहार देखि छोटकी तौलिहवामा पर्ने जिल्ला समन्वय समिति, कपिलवस्तु नगरपालिका, नेपाल टेलिकम, नेपाल बाल संगठन, तौलेश्वरनाथ संस्कृत उ.मा.बि, सन साईन बोडिङ स्कुलका पर्खालहरु डोजर लगाएर भत्काईएको छ । हुलाकी सडकका कर्मचारी, नेपाल र सशस्त्र प्रहरी सहीतको टोलीले अतिक्रण खाली गराईएका हुन् । गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णए भए पछि बाटो निर्माणमा तीब्रता दिनका लागि सडक अतिक्रमण खाली गराउने निणर््ाय भएको थियो । हुलाकी राजमार्ग अन्र्गत तौलिहवाको जमुहार नाला देखि छोटकी तौलिहवा सम्म पर्ने अतिक्रमण हटाउन सुरु गरिएको हुलाकी सडक अयोजना कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले बताए ।

अतिक्रमण खाली गर्ने सुचना जारी गरिए पछि अहिले जमुहार टोल, बैक रोड नयाटोल, आनन्दबाग लगायतमा धमाधम आफैले अतिक्रमण हटाउन थालेका छन् । हुलाकी सडक आयोजना अनुसार जमुहार देखि छोटकी तौलिहवा सम्म पर्ने २३ सय ४० मिटर सडक क्षेत्रमा २ सय ७३ वटा घर टहराहरु बनाईएका छन् ।

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!