बेल्बासेले गरे ‘आर्किटेक डिजाइनमा’ पहिलो पटक ‘थ्रिडी सिनेमा’को प्रयोग

68
SHARES
967
VIEWS

राधा पाण्डे-कपिलबस्तु, असोज २ । इन्जिनियरिङ अध्ययन गर्दै गरेका कपिलवस्तुका एक युवाले नेपालमै पहिलोपटक ‘थ्रिडी आर्किटेक डिजाइन’मा ‘थ्रिडी सिनेमा’को जस्तै प्रयोग गरेका छन् । लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीमा बी.ई. (सिभिल इन्जिनियर)मा अध्यनरत विजय बेल्बासेले यस्तो प्रकृतिको अवधारणा नेपालमा पहिलो पटक ल्याएका हुन् ।

 

बेल्बासेका अनुसार प्रोजेक्टरको माध्यमबाट थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर हेर्दा थ्रिडी सिनेमा जस्तै घर, भवन वा संरचनाभित्र नै बसेर हेरे जस्तो, आफु नै घर, भवन वा संरचनाभित्र नै बसेको अनुभव गर्न सकिने बताउँछन् । यसअघि नेपालमा यस्तो प्रकृतिको र्आिर्कटेक डिजाइन नभएको वेल्वासेले दाबी गरेका छन् ।

कपिलवस्तु स्थायी घर भएर बुटवल मिलनचोकमा क्रियटिभ इन्जिनियरिङ सोलुसन्स सञ्चालन गर्दै आएका उनले आर्किटेक डिजाइनमा थ्रिडी अवधारणा नेपालमा ल्याएका हुन् ।

 

फर्मले थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर प्रोजेक्टरको माध्यमबाट डिजाईन हेर्दा आफै सोही संरचनामा नै बसे जस्तो, सोही स्थानमा नै गएजस्तो अनुभुति हुने गरी डिजाईन अगाडि बढाएको दावी गरेको छ ।

 

रम्भादेवी कलेजबाट डिप्लोमा ईन इन्जिनियरिङ्ग (ओभरसियर) पुरा गरेका बेल्बासेले न्यु स्किल एकेडमी अमेरिकाबाट आर्किटेकको अनलाईन मार्फत छोटो अवधिका कोर्षहरु समेत पुरा गरेका छन् ।

 

ब्युल्ड संसार नेपाल नामको सामाजिक सञ्जालमा बेल्बासेले आफ्नो थ्रिडी डिजाइन प्रस्तुत गर्दै आएका छन् । यो प्रविधिलाई खासगरी ठुला–ठुला हाउजिङ्ग, सपिङ्ग कम्लेक्सदेखि लिएर सामान्य घरहरुमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । यो परियोजनालाई निरन्तरता दिँदै अझ बढि परिस्कृत रुपमा अगाडि बढाउने योजना इन्जिनियर बेल्बासेको रहेको छ ।

 

सन् २०१८ मा आएको ‘रोवर्ट २.०’ नामको चलचित्र हेरेपछि आएको अवधारणालाई आर्किटेकमा पनि प्रयोग गर्न सकिन्छ भन्ने सोच अनुसार यस्तो डिजाइनिङ सुरु गरिएको हो ।

 

आफूले अध्ययन गरिरहेको लुम्बिनी इन्जिनियरिङ कलेजले सहयोग गरेमा यसको डेमो लिएर केही समय भित्र नै पत्रकार सम्मेलन गरी जानकारी गराउने बेल्बासेले बताए ।

 

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!