हेमराज स्मृति पुरस्कार झरना साहित्यिक परिवारलाई   

2
SHARES
29
VIEWS

गण्डकी, फागुन (रासस) :  यस वर्षको हेमराज स्मृति पुरस्कार ‘झरना साहित्यिक परिवार मकवानपुर’लाई अर्पण गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद एक लाख सहित ताम्रपत्र रहेको छ । साहित्यकार एवं समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र साहित्यको विकासमा टेवा पु¥याउने लक्ष्यका सो स्मृति प्रतिष्ठान गठन गरिएको हो ।

प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिस अनुसार झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

साहित्यकार हेमराजको ११औँ स्मृति दिवस यही फागुन १७ गते हेटौँडामा स्मृतिसभा र पुरस्कार समर्पण समारोह आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानलेले जानकारी दिनुभयो । विसं २०५० मा स्थापना भएको सो संस्थाले हरेक महिनाको चौथो शनिबार नियमित शृङ्खलासहित विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार यसअघि शताब्दी पुरुष सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद्, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिएको थियो ।
–––

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!