कपिल सापकोटाको ‘सोच’को म्युजिक भिडियो डिजिटल बजारमा   

3
SHARES
37
VIEWS

काठमाडौँ, १० चैत : गायक कपिल सापकोटाको एल्वम ‘म’भित्र सङ्ग्रृहीत गीत ‘सोच’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । अस्ट्रेलियाको मेलबर्न शहरमा रहेर ¥याप गायनमा सक्रिय तीन प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको ¥याप ‘सोच’मा सुन्न सकिन्छ । जीवन भोगाइ र समाजको यथार्थ ¥यापमा प्रस्तुत गरिएको छ ।

मिस्ट चाम्लिङले सो ¥याप गीतलाई मिक्सिङ एवं मास्टरिङ गरेका हुन् । अस्ट्रेलियामा नै छायाङ्कन गरिएको भिडियोमा तीनै जना गायक अटाएका छन् । अनिश गौतमले भिडियोलाई सम्पादन र निर्माण गरेका हुन् । मेक मनी रेकर्डको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई अन्य डिजिटल श्रव्य दृश्य माध्यमसमेतमा हेर्न र सुन्न सकिने जनाइएको छ ।
–––

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!