इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव   

1
SHARES
14
VIEWS

जेरुसलेम, १० चैत (रासस–एएफपी) – इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ ।

चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् ।

इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नु भएको छैन । उहाँमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आउनु भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शनहरु पनि भएका थिए ।
––

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!