किन आउँछ याद घरि घरि सपनीमा ?

5
SHARES
70
VIEWS

 

मणि भुसाल,बुटवल

अतीत छाडेर मायांको गोरेटो नै बदलिदिने प्रिय मान्छे। निलो आकाश मुनि खेलि हिंड्ने काला बादल जस्तै मडारिन्छन तिम्रा यादहरु। नमिठा सम्झना बनेर अनि झर्छन बर्खे झरि झैं आंखाबाट अटुट आँसु।

तर पखालिदैनन तिम्रा यादहरु। शिला लेखिए झैंँ छापिएका छन मेरो मनमा ती निर्दयी यादहरु। चैते हुरिमा निचोरिंदै बग्ने कसिङ्गर झैं जब एक एक गरि थुप्रिन थाल्छन सम्झनाहरु ,अनि निसास्सिन थाल्छन सम्झनाको पहिरो भित्र तिम्रा यादहरु।

फुत्किएर स्वतन्त्र आकाशमा चरि झैं रम्न चाहने तिम्रा यादहरु अन्धकार रातमा आँखा चिम्लिदैं जोड्न खोज्छु छरिएका प्रतिबिम्बहरु। तर हाउगुजि बनी खान खोज्छन तिम्रा अघोरि यादहरुले। म लडिनै ,रहनेछु निस्वास ,त्यी यादहरु सल्बलाउंछन मेरो छाति भरि। तिमी त्यसरि सल्बलाउंदा म रोमान्चित हुन्थें तर यिनले त जुका झैं चुस्छन र शिथिल बनाउंछन। उत्तेजित हुनै नपाई अनि त्यो चरमोत्कर्षको उचाई छुनै नपाई।

तिमी आगो झैं बल्थ्यौ मेरो बिस्तारामा ,अझै न्यानै छ ओछ्यान। तिम्रा सफेद झुटहरु जस्तै तिम्रो झैं मिलेको लचकदार बदनमा यौवनको कामुकता छ त्यी यादहरुको पनि। चल्मलाऊंदै ,सुम्सुम्याउंदै खेल्छन त्यी पनि मेरो छालाको हरेक रोम छिद्रमा पुग्ने गरि। फरक यति हो ,तिमी तताउंथ्यौ तिन्लाई ,यिनले चिस्याइदिन्छन। हरेक रात रित्तो भित्तो हेर्दै छट्पटाउंछु म ,मैले उडाएको चुरोटको गन्धले कहिल्यै तिम्रो शरीरको गन्धलाई किन जित्दैन?

कतै महङ्गो दोकानमा गएर म यादहरु किन्थें ,एक्लोपनमा कुनै बेला त्यहि बास्नाले नाकलाई झुक्याउंथें अनि एकपटक स्खलित हुन्थें। अब मान्छेको गन्ध म कुन पसलमा किनौं ? हरेक रात म कामनाको दियो जलाउंछु ,सुगन्धि धुप सल्काउंछु ,मृदङ्गको धुन बजाउंछु ,तिम्रा यादहरु लाई बिस्तारामा सुताउंछु अनि चढ्छु माथि। घण्टौं सम्म तपस्या गरे जस्तो एकोहोरो एउटै कुरोमा मलाई अचम्म लाग्छ। याद बनेर सुतेका त्यी मायांका दृश्यहरुले रातभरमा अनेक कामुक शरीर फेर्छन तर त्यसमा अनुहार किन संधै तिम्रो मात्रै हुन्छ?

यो याद पनि गज्जबको रहेछ , कहाँबाट आउँछ कसरी आउँछ ,कहिले तिम्रो सुगन्ध सरि आउँछ कहिले तिम्रो आकृति धुंवा भरि छाउँछ। त्यहि भएर त मेरो कोठा आजकाल यादहरु को पशुपति भएको छ। जहाँ आर्यघाट पनि छ ,अखडा पनि छ ,लास पनि छ बिगत को जल्न तयार वर्तमानको चितामा। अनि एउटा दिब्य भाव पनि छ।

अन्धकार रातमा म बिस्तारा मा उक्लन्छु अनि ढलान हेर्दै पल्टन्छु। त्यहि बिस्तारा जहाँ म तिमी भित्र हराउँथे तिमी आफू भित्र मलाइ पाउंथ्यौ। मेरो डाम अझै तिमी भित्रै होला , पोल्दैन तिमिलाइ यस्ले कहिले काहीँ ? मासु को पनि स्मरण हुन्छ भन्छन ,काउकुति नै भएपनि लाग्नु पर्ने होईनर? तिमिलाई सपनिमा देखेको रात कटाउन हम्मे हम्मे हुन्छ यार मलाई। भोलिपल्टको बिहान मेरा मस्तिष्कमा अनेकौं कुरा खेल्छन अनि म बाध्य हुन्छु हेर्न ,हेर्दिन भनेर पोको पारेर थन्क्याएका तिम्रा पुराना प्रेमपत्रहरु।

खै किन आउंछ्यौ सपनिमा ,तर यति जान्न मन छ म पो तिम्रो सपनिमा आएकि आईन? कि आउनै लाग्दा तिम्रो तन समीपमै रहेको तिम्रो प्रिय मान्छेले बाटो नै बन्द गरिदिए सधैंको लागि? यहि कौतुहलता मन भित्र हुन्छ संधै ,म पो तिम्रो सपनिमा आज सम्म आएकि आईन। किनकि मेरो त आंखाभित्रै हुन्छ्यौ तिमि हो सानु मेरो त नजर मै हुन्छ्यौ तिमी। पैले पैले मेरो मनको कुरा नभन्दै सुन्ने तिमिलाई आज केही भनेरै सुनाउने मन थियो ,तिमी नजिक भएको भय।

तिमि र म बिच उजाड्नै नसक्ने खोटो झैं संधैभरि लाई हो त्यसरि नै भन्न मैले पनि सक्थें होला भोलि बिहानै भालेको पहिलो डांको मै त्यो पारि को पिपल बोट निर आईराख्नु ,घाम झुल्कनु अगाबै काटौंला पारिको नौ डाडा। तर भनिन यसो। भन्नू पुर्ब सम्झिएं तिम्रो र मेरो बनाउन बाँकि घर ,अपुरो त्यो घरका पुरै परिवारका सपना ,आसै आसमा खिईएका साठ्ठि बर्षे बाबुको रहर। त्यसैले त आजसम्म पछुतो को पिलो ले पोलिरहन्छ मन भित्र कतै। भेटाए त फु फु गरि सेक्थें होला ,नभए निचोरेर फालि पनि दिन्थें।

तर सक्दिन भेटाउन अब। बेस्सरि दुख्छ, पोलाईले आँसु झर्छन। सुंक्क सुंक्क हुँदै सुस्ताउँछु एकछिन। सायद त्यहि पोलाईले जिन्दगिमा ठूलो पाठ सिकाएको छ मलाई , अनि बिद्रोह मन पर्न थालेको छ अचेल। आत्म समर्पण अब मेरा लागि स्विकार्य छैन। तिम्रो आफ्नो अनि खान नहुनेहरुको समेत कसम खाएर भन्दैछु आफू निदाउनु अघि तिम्रा यादहरु बल्झाउने चेस्टा त के तिम्रा तस्बिरको समेत झझल्को आउने बाटो नै निषेध गरेर निदाएको हुन्छु म। फेरि पनि मेरै सपनिमा खै कुन बाटो आईरहेकि हुन्छ्यौ तिमी।

उहिले उहिले मैले तिमि संधै आउने बाटो तिर हेर्दै तिमिलाई कुर्दा कहिले कसो अर्कै बाटो बाट आऊंथ्यौ तिमि। तर अब कुन बाटो कसरी आऊंछ्यौ थाहा पाउँदिन मैले। न तिमी ले भन्छ्यौ न त मैले सोध्न नै सक्छु। आफ्नो प्रिय मान्छेलाई मलाई जस्तो यादका बांणहरु ले नहान्नु ,संधै मायाँ गर्नु तर आँसु कहिल्यै नझार्नु। आँसु ले बाटो छेक्छ।

जिन्दगिमा खुःसी हुन नसके पनि सफल श्रीमती र सफल बुहारी भएर देखाउनु। मायाँमा हार भएर के भो र संधै आफ्नाहरु को मन जित्नु। मेरो सिरानी चिस्याउन त तिम्रा यादहरु नै काफि छन।

कास !
म हराउने ठाऊं र तिमी भेटिने ठाउं संधै संगै भएको भए ?

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!