छहारी गजल सङ्ग्रह सार्वजनिक   

0
SHARES
5
VIEWS

काठमाडौँ, २२ चैत :    युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ । शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताउनुभयो । गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उहाँले बताउनुभयो । साहित्यको गजल विधाले मुक्तक विधालाई पनि वातावरण दिएको गजलकार पौडेलको भनाइ थियो ।

सङ्ग्रहका लेखक पौडेलले प्रहरी सेवामा रहेर देश सेवा गरेर बाँकी रहेको समयमा देखे भोगेका कुरा गजलमा उतार्ने गरेको बताउनुभयो । कार्यक्रममा गजलकार एवं मुक्तककार रमेश पौडेललगायतले नव गजलकार पौडेललले समाजमा देखिने विभिन्न गतिविधिलाई गजलमा उतार्नुभएको बताउनुभयो ।
–––

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!