ऐतिहासिक इँटा फेला प¥यो   

1
SHARES
11
VIEWS

वीरगञ्ज, २२ चैत :  पुरातत्व विभाग काठमाडाँैले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले राससलाई जानकारी दिनुभयो ।

उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन ।
–––

Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!