यस्तो महामारीको बेलामा कोरोनाको औषधी र अक्सिमिटर कालोबजारी गर्ने प,क्राउ(भिडियाे)

1
SHARES
15
VIEWS
नक्कली OXIMETER कालोबजारी गर्ने व्यक्ति पक्राउ “
घटना विवरण :
हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित बिकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने Oximeter (अक्सिमिटर) को अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदैं बिभिन्न औषधीजन्य पसल एवं फर्माहरुले आम सर्वसाधारणहरुलाई बजार मुल्य भन्दा अधिक मुल्य लिई नक्कली Oximeter खरिद बिक्री गरि कालो बजारी गरिरहेको भन्ने बिशेष सुचनाका आधारमा महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रि मुल्य, उत्पादक कम्पनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको जम्मा ७६५ थान नक्कली अक्सिमिटर बरामद गरेकोमा तत्काल जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सहायक प्र.जि.अ., औषधी व्यबस्था बिभाग तथा बाणिज्य बिभाग समेतको संयुक्त टोली समेतको सहभागितामा निम्नलिखित मानिस एवं सामानहरु समेत पक्राउ तथा बरामद गरि कालोबजार ऐन अन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको । साथै यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने बिषयमा समेत थप अनुसन्धान भईरहेको ।
अनुसन्धानबाट खुल्न आएको कुराः
आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि. मा काम गर्ने जि. मोरङ बिराटनगर म.न.पा. वडा नं. २ तिनपैनी घर भई हाल का.जि. का.म.न.पा. २८ अनामनगर बस्ने बर्ष ४४ को बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत् चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्सा भित्र लुकाइछिपाई उक्त अक्सिमिटरहरु ल्याएको भन्ने खुल्न आएको ।
बजार मुल्य ६/७ सय पर्ने अक्सिमिटरहरु रु २२२० सम्म अधिक मुल्यमा बिक्री बितरण गरेको पाईएको ।
बरामद सामग्रीहरुः
बायोप्लस फार्मेसी कुलेश्वरबाट जम्मा ८५ थान अक्सिमिटर ।
नानोटेक फर्मा थापाथलीबाट जम्मा २४ थान अक्सिमिटर ।
चिरायु केडी ग्रुप प्रा.लि. बाट जम्मा ९ थान अक्सिमिटर ।
भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरियाको साथबाट ३९६ थान अक्सिमिटर ।
जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटर ।
चिरायु केडी ग्रुप प्रा.लि.ले खरिद गरेको अक्सिमिटरहरु मध्ये १६० थान नक्कली अक्सिमिटरहरु एन.के.लोजिष्टिक, काठमाण्डौबाट एन.के.लोजिष्टिककै शाखा कार्यालय रुपन्देहीमा पठाईएको भन्ने बुझिन आएकोमा स्थानीय प्रहरी संग समन्वय गरि उक्त १६० थान अक्सिमिटरहरु एन.के.लोजिष्टिक, रुपन्देहीको शाखा कार्यालयबाट बरामद गरिएको । सो समेत गरि जम्मा ७६५ थान अक्सिमिटरहरु बरामद गरिएको ।
पक्राउ परेका मानिसहरुः
१. जिल्ला सिन्धुली कमलामाई न.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक बर्ष २९ को शिखर श्रेष्ठ ।
२. जिल्ला बाजुरा खप्तड गा.पा. वडा नं ६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं. ५ कुपण्डोल बस्ने बर्ष २१ को थुमराज उपाध्याय ।
३. जिल्ला स्याङ्जा पंचमुल गा.पा.-०६ घर भई हाल जि.ललितपुर, ल.म.न.पा. १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक बर्ष २७ को शेषकान्त अधिकारी ।
४. जिल्ला सुनसरी ईनरुवा न.पा. वडा नं. ६ घर भई हाल का.जि. भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने बर्ष ३९ को पुष्कर घिमिरे ।
५. जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा नं. २ घर भई हाल का.जि.अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बर्ष ४४ को बिशाल आचार्य ।
६. जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ६ घर भई हाल का.जि. बागबजार बस्ने बर्ष २१ को सन्तोष भण्डारी ।
७. भारत राजस्थान झुन्झुनु घर भई हाल का.जि. ढुङ्गेअड्डा बस्ने बर्ष ५५ को जगदिश प्रसाद रानासरिया ।
मिति २०७८/०१/२८ गते ।
भिडियाे यहाँ छ

Remdesivir Injection कालोबजारी गर्ने व्यक्ति पक्राउ “
घटना विवरण :
हाल विश्वभरी माहामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने Remdesivir Injection को कालो बजारी भैरहेको छ भन्ने सुचनाका आधारमा खोज तलास गर्ने क्रममा Remdesivir Injection ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गरी उक्त औषधी सहित बसुन्धरामा बिक्री वितरण गर्न आएका जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई Remdesivir Injection ६ थान सहित महानगरीय अपराध महाशाखा,मिनभबनको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको । निज पक्राउ प्रतिवादीले का.जि.महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएकोमा हाल निज दिपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको ।
उक्त Injection बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागी तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको भन्ने बुझिएको । उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको ।
पक्राउ व्यक्ति :
नाम थर : रफिक मिया
उमेर : २५ वर्ष
स्थायी वतन : जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४
हाल : जिल्ला काठमाण्डौं टोखा बस्ने
मिति २०७८/०१/२३ गते ।
Share on facebook
फेसबुक
Share on twitter
ट्वीटर
Share on whatsapp
व्हाट्सएप
Share on linkedin
लिंकडिन
Share on email
ई-मेल
Share on pinterest
पिनट्रेस्ट

प्रतिक्रिया राख्नुहोस्

Discussion about this post

सम्बन्धित खबर

लोकप्रिय

error: चेतावनी: यस पोर्टल देखि समाचार कपी गर्न निषेध गरिएको छ! !!